Admission Open

कति कुरा नभनेर नै मीठा-मीठा हुन्छन् मेयर साव !


दीपक निरौला/सुनसरी : गायक देवनारायण प्रधानद्वारा गाईएको गीत ‘कति कुरा नभनेर नै मीठामीठा हुन्छन् , भनिएका कति कुरा झुठाझुठा हुन्छन् । ’ वास्तवमा यी कालजयी शब्दहरू अहिले पनि त्यतिकै कर्णप्रीय लाग्छन् । शब्द उठान गर्न खोजिएको इनरुवा नगरपालिकाको वर्तमान अवस्थाको बारेमा । नगरपालिका प्रमुख केदार भण्डारीको जतासुकै आलोचनामात्र सुनिन्छ । काम नगर्ने बेकम्बा, गर्न आँटेको काम पनि अदालतले फैसला दिन ढिलाई गरे झैं झुलाउने, लगायतका आरोप मेयर भण्डारी माथि लाग्ने गरेको छ । छिसिक्क कसैले कतै राम्रो कामको प्रसंसा ग¥यो भने धेरै व्यक्तिहरू खोइरो खन्न लागि पर्छन । के हामीले ५ वर्षका लागि चुनेर पठाएका भण्डारी बेकम्बा नै हुन त रु के यिनी कामै नगरी राज्यको ढकुटी दोहन गरेर मोजमस्ती मै तल्लिन छन त रु करिव ३ वर्षको हाराहारी मा पुग्नै लाग्दा कार्य प्रगतिको विवरण अनुसार शून्य अंकबाट माथि उठ्नै नसकेको हो त रु हालैको कार्य सम्पादान मूल्याङ्कनको प्रगति विवरण हेर्दा त इनरुवा नगरपालिका कोशी प्रदेशमा ४५।३३ प्रतिशत अंक ल्याएर ५ औं स्थान हासिल गरेको रहेछ । मेयरले गरेका राम्रा कामलाई राम्रो भन्दा मोटो आर्थिक लाभ लिएकै ठहर्छ त रु यावत प्रश्नको निरुपणको लागि मेयर ले गरेका राम्रा नराम्रा कामको बारेमा केलाउने प्रयास गरिएको छ ।
कहाँबाट सुरु भयो विरोधको स्वर र ?

चुनावी अभियानका क्रममा मेयर भण्डारीले आफू मेयर पदमा निर्वाचित भएको खण्डमा राज्यबाट पाउने सुविधाको गाडी पदमा छउञ्जेल नचढ्ने भनेर प्रचार गरे । तर, मेयर जितेको २ महिना पनि नवित्दै निजी सवार बेचेर सरकारी गाडी प्रयोग गर्न थाले । इनरुवा नगरपालिकामा रहेका कराका कर्मचारीबाट काम नहुने भन्दै करिव १ सय ५० जनामध्ये ५७ जना कर्मचारी छानी छानी हटाए । जागिर बाट हटाईएका कर्मचारीको आन्दोलन ले मेयरको बढ्दो ओजलाई ‘डाउन’ गरायो । बाँकी लाई पनि केही महिनामा हटाउने भनिएतापनि आजसम्म काम गरिनै रहेका छन् । व्यक्तिगत रूपमा चुनावी अभियानका क्रममा कतिलाई जागिरको आश्वासन दिएका थिए होलान् । कतिलाई पदको आश्वासन दिए होलान् । त्यो व्यक्तिगत कुराको मनन उनैले गरुन् । मेयरले गरेका ठूला गल्ती भनौं या अपराध भनौं माथिका २ वटामात्र देखिन्छ । विपक्षीले रणनीति तय गर्न विरोध गर्नु स्वभाविक हो । हामी भए यस्तो उस्तो गथ्यौं भनेर जनमानसलाई आफूतर्फ आर्कषित गर्न पनि केदार भण्डारीको विरोध गरेको हुनुपर्छ ।
काम के – के भयो त र ?

सबैभन्दा पहिले टेम्पो स्टेण्डबाट इनरुवा अस्पताल जाने बाटोको कुरा गर्दा धेरैले अस्पतालबाट स्वास्थ्य सेवा लिएर जीवन बचाए । कति ले स्वर्गको बाटो तताए । तर, यो व्यस्त अनि महत्वपूर्ण बाटोको स्वास्थ्य भने सधैं खराव नै रहिरह्यो । मेयर भण्डारीले यो बाटोमा पक्की नाला सहित कालोपत्रे गरेर यसको स्वास्थ्य हाललाई चुस्त दुरुस्त पारे । बाटो हिंड्ने यात्रु र नजिकका बासिन्दाले अव जनप्रतिनिधिलाई सराप्ने छैनन् । बर्खामासमा हिलाम्मे हुने नगरका धेरै सरकारी विद्यालयका चौरमा माटो पुराएर स्तर उन्नती को जस भण्डारीलाई दिने कि नदिने रु इनरुवा नगर क्षेत्रमा गरिव तथा असहाय परिवारमा कसैको निधन भएका किरिया खर्च बापत १० हजार एकमुष्ट नगद तत्कालै पाउँछ । स्नातक अर्थात वीए पढ्न चाहने तर आर्थिक अवस्था कमाजोर भएका महिला दिदी बहिनी विद्यार्थीहरूलाई सरकारी कलेजमा लाग्ने रकम नगरपालिका ले व्योहोर्ने गरेको छ । गरिव तथा असहाय विद्यार्थीलाई पठन –पाठनगर्न आवागमनमा समस्या नहोस भनेर साइकल वितरणको काम भएको छ । त्यसै गरी सुनसरी क्याम्पस र बलाहाको टीएनके बलाहा क्याम्पसको स्तरोन्नतीका लागि क्रमशः २५ लाख र १५ लाख रुपैंया बजेट निकासा गरेर शिक्षा क्षेत्रलाई सहयोग पु¥याउने काम मेयर भण्डारीले गरेका छन् ।

दुहवी – इनरुवा सडकखड अन्तर्गत बलाहाको पश्चिमी सिमानामा पर्ने नहरको पुल पुरानो तथा जीर्ण अवस्थामा थियो । त्यसलाई मेयर भण्डारीको पहलमा नेपाल सरकारबाट ३० लाख र अपुग रकम नगरपालिकाबाट ९ लाख गरी जम्मा ३९ लाखमा २ वटा नयाँ पक्की पूल छोटो समयमै निर्माण सम्पन्न भए । सुनसरी खोलामा रहेको स्माशान घाटलाई १० लाख रुपैंया बजेट छुट्याएर वरपर टायल लगाउने, फूल रोप्ने विश्राम स्थल, लगायतको काम अन्तिम अवस्थामा पुगेको छ । एकजना मनका धनी धरान निवासी समाजसेवी कमला गुरुङले ५ लाख सहयोग गरेर घडी सहितको लाईट हाउस (विजुली सिंढी) निर्माण सम्पन्न भएको छ । लाईट हाउस निर्माणमा सहयोग जुटाउने काम मेयर कै पहलमा भएको हो । भौतिक शरीरलाई अन्तिम स्थलमा आफन्तले पीडा र बेदना बोक्ने ठाउँलाई रमणीय बनाउँदा आफन्तजन र मलामीको केही भएपनि पीडा शान्त पार्ने कोशिस मेयर भण्डारीबाट भएको छ । माथि उल्लेख गरिएका कामहरू भनेको संक्षिप्त मात्र हो ।
के–के काम बाँकी छ ?

शिक्षा र खाद्य क्षेत्रमा केही बेथितिहरू छन् । जस्तो गुणस्तरहीन खाद्य सामाग्री बेचविखनमा इनरुवा क्षेत्रमा पनि व्यापक छ । निजी विद्यालयहरूमा शुल्कमा बेथिति छन् । त्यतातर्फ मेयर भण्डारीले एक शब्द चुइकक बोलेका छैन् र बजार अनुगमन गरेका छैनन् । मिचिएका धेरै सरकारी जग्गा निकाल्न तर्फ यिनको सोच आएको छैन । स्वास्थ्य क्षेत्रमा धेरै काम भयो भनेर ढ्वाङ फुकिन्छ । तर, साधारण रगत, खकार तथा पिसावको कल्चर परीक्षण इनरुवा क्षेत्रमा कतै पनि हुँदैन । फोहोर व्यवस्थापनका लागि बनेको डम्पिङ साइडले खासै प्रगति गरेको देखिदैन । कहिले देखि उक्त क्षेत्रमा फोहोर व्यवस्थापन हुने हो ? कुहिने फोहोरबाट नगरबासीले कहिलेदेखिी कम्पोष्ट मल पाउने हुन ? फोहोरबाट संकलिति कवाडी विक्रिबाट नगरपालिकाले कति रकम आर्जन ग¥यो ?
विरोध नगरी कसरी जनमानसलाई आफूतर्फ आकर्षित गर्ने त ?

आलोचनाले मानिसलाई बलियो बनाउँछ । विरोध भयो भने मानिसले आफूलाई ‘करेक्सन ’ गरेर प्रगतिको पथमा पु¥याउँछ । अहिलेका मानिस लोभी र भोकामात्र भएका छौं । धेरै मानिसमा काम कम र राज्यको श्रोतको बढी अपेक्षा का कारण समस्या आएको हो । हामी एक थरीका आफूलाई राजनैतिक पेशा कर्मी भन्नेहरूले जनप्रतिनिधिलाई अनावश्यक दवाद दिएर भ्रष्टाचारलाई प्राथमिकता दिईरहेका छौं । आयआर्जन मूलक काम नगर्ने, आफूलाई बरिष्ठ ठान्ने, विलासिताको आवश्यकता बढीभन्दा बढी प्रयोग गर्ने गरेका कारण समस्या आएको हो । जनप्रतिनिधि लाई हामीले व्यक्तिगत लाभमा केन्दित ग¥यौं भने राज्यको ढुकुटी दोहनलाई तिव्रता दिनु हो । आधुनिक कृषि कर्ममा पनि राजनैतिक दलका नेताले कार्यकतालाई अनिवार्य लगाउनु पर्छ । विलासिताका आवश्यकता लाई कमगर्ने नीति अब स्थानीय निकायले ल्याउनै पर्छ । पेटको भोक मार्ने र आँखाको लोभ मेटाउने मात्र प्रकृतिको शिक्षा आजका आधुनिक मानवले ग्रहण गरेका हुनाले लोभी र पापी भएका कारण यस्तो समस्या आएको त होइन ? स्वार्थ पुरा भएपछि एक शब्द धन्यवाद भनेर भन्ने हिम्मत हामीमा आउँदैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...