Admission Open

महिलाले मात्र चलाएको श्रेष्ठ फेमेली सेन्टर : गङ्गानारायणदेखि श्रेष्ठ फेमेली सेन्टरसम्म

दीपक निरौला / नेपालमा व्यापारको सुरुवातको इतिहास हेर्दा नेवार समुदाय नै अग्रपङ्क्तिमा छन् । उखानै पनि छ, ‘नेवार्नी र भोटिनीको सीप आँगमा, बाहुनी र क्षेत्रीनीको सीप जुठेल्नामा ।’ खानपानदेखि लिएर आतिथ्य सत्कार लगायत व्यापारको क्षेत्रमा नेवार समुदाय अगाडि नै छन् । तर पछिल्लो समय सबैले व्यापारमा हात हालेका कारण ठूलाठूला व्यवशसायमा यो समुदायको बर्चश्व कम हुँदै गएको छ ।

व्यापार कहाँ हुन्छ ? के को व्यापार चल्छ ? भन्ने कुरा नेवार समुदायको जिनले नै पहिल्याउँछ । पहिले नेवार समुदायले जहाँजहाँ व्यापार सुरु ग¥यो त्यो ठाउँमा देशैभर ठूला व्यापारिक केन्द्र भएका छन् । यसैमध्येको इनरुवाको बलाहामा खोटाङ जिल्लाको सोल्मा भन्ने गाउँबाट बसाईं सरेर आएका गङ्गानारायण श्रेष्ठ बलाहा बजारको संस्थापक व्यापारी हुन् । उनले २०४२ सालमा अहिलेको बलाहा बजारमा खाटमा चुर, पेपर, मीठाई, बिस्कुट, सलाई, चियापत्ती लगायत घरायसी सामानबाट व्यवसाय सुरु गरेका थिए । समयको क्रमसंगै व्यापार र बस्ती बढ्दै गयो । ४५ मिनेटमा हिंडेर पुग्नुपर्ने इनरुवा बजारमा बलाहा क्षेत्रका मान्छेको आउजाउ अलि कम भयो ।

थारु समुदायको बीचमा रहेको यो ठाउँलाई जनस्तरमा अहिले पनि थारुटोल भनिन्छ । यो ठाउँमा लाखौंलाखको दैनिक व्यापारिक कारोवार हुन्छ । होटल, किराना पसल ,हार्डवेयर, रेमिट्यान्स, डिर्पाटमेन्ट स्टोर, टेलरिङ, लगायतमा नेवार समुदायकै बाहुल्यता रहेको छ । त्यो सायद गङ्गानारायणले व्यवासाय सुरु नगरेका भए उनका दाजुहरू मननारायण र टीकानारायणका परिवारले व्यापारको लयो समाउन मुस्किल पथ्र्यो होला । कोही वैदेशिक रोजगारीमा गएका हुन्थे भने कोही अन्यत्रै लागि सकेका हुन्थे होलान् ।

लामो सयम यी ३ दाजुभाइले एउटै भान्साको खाना खाएर संयुक्त व्यवसाय सञ्चालन गरे । जसबाट परिवार आर्थिक तथा एकतागत रूपमा दह्रो भयो । गङ्गानारायणले सुरु गरेको एकताको व्यवसाय अहिले पनि उनको पुस्ताले पछ्याई रहेका छन् । उनका छोरा नारायण, चेवन, र हिमाल अहिले बलाहा क्षेत्रमै ठूलो सेलर मिल सञ्चालन गरिरहेका छन् । उता ८० वर्षको हाराहारी पुगेका मननारायण छोरा लालबहादुर र बुहारी पर्मिलाको साथमा किराना व्यवसाय चलाई नै रहेका छन् । आफूले मनग्ये आम्दानी गरेर २/४ जनालाई रोजगारी पनि दिइरहेका छन् । उनका कान्छा छोरा केशव भने बैंकर छन् । व्यापार राम्रो चल्यो भने सन्तान दर सन्तानले रोजगारी खोज्दै जानु नपर्ने र आफ्नोमा रोजगारीको लागि अरु आउछन् भन्ने गंंगानारायणको मान्यता छ ।

महिलाले मात्र चलाएको श्रेष्ठ फेमेली सेन्टर

डिपार्टमेन्ट स्टोरको अवधारणा सबैतिर आएपछि बलाहामा पनि एउटै छानोमुनि हरेक प्रकारका सामान बेच्ने पसल खुल्यो । त्यसमा गङ्गानारायणका दाजु टीकानारायणको परिवारका नव आगन्तुक बुहारीहरू सामेल भए । रोसु, भावना र अस्मीले करिब २० लाख रुपैंयाको लगानीमा व्यवसाय सुरु गरे । रोसुका श्रीमान् नेत्र श्रेष्ठ धानचामलको व्यवसाय चलाउँछन् । भावनाका श्रीमान् भेषराज आफ्नै ठूलो किराना पसल सञ्चालन गर्छन् भने अस्मीका श्रीमान जीवन मनिट्रान्सफर, र सहकारी संचालन गर्छन् ।

सपिङ सेन्टरमा रोसु, भावना र अस्मीका अलवा अन्य २ जना स्टाफ पनि महिला नै रहेका छन् । ग्राहकलाई सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनु नै यहाँको विशेषता रहेको रोसु बताउँछिन् । विहान ७ बजेदेखि राती ९ बजेसम्म ग्राहकको घुँइचो नै लाग्ने गर्छ । अवको योजना के त भन्दा भावना भन्छिन् ‘सर्वसुलभ दरमा ग्राहकलाई अधिकतम लाभ दिनु नै हाम्रो योजना हो ।’ सञ्चालक मध्येकी अस्मीले आफ्नो भावी योजना सुनाउँदै भनिन्, ‘ग्राहकको मागअनुसार र हामीले सोचेजति सामान एउटै छानोमुनि बनाउने हाम्रो योजना छ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...