Admission Open

ad place

कुमुदिनी होम्स माविका विद्यार्थीलाई मौलिक चर्या नृत्य सिकाइदै

पोखरा : कुमुदिनी होम्स माध्यमिक विद्यालयमा चर्या नृत्यको प्रशिक्षण सुरु भएको छ । पोखरा महानगरपालिका गैह्रापाटनस्थित यस विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि चर्या नृत्यको एकहप्ते प्रशिक्षण सुरु गरिएको संस्थापक अध्यक्ष अशोक पालिखेले बताए ।

विद्यार्थीका लागि विद्यालयले अतिरिक्त कक्षाहरु सञ्चालन गर्दै आएको छ । यसै क्रममा यस पटक नेपालको प्रसिद्ध मौलिक शास्त्रीय नृत्य चर्या सुरु भएको छ । यस नृत्यमा कक्षा ५ देखि १० सम्मका ५२ जना विद्यार्थी सहभागी छन् ।

यस नृत्यले बालबालिकामा आफ्नो संस्कृतिप्रतिको मोह जगाउन र संस्कृति संरक्षणका लागि फाइदा पु¥याउने अध्यक्ष पालिखेले बताए । चर्यामात्रै पनि होइन अन्य नृत्यका कार्यक्रम र तालिम आयोजन गर्ने योजना रहेको उनले बताएका छन् ।

नयाँ वर्ष २०८१ को अवसर पारेर आयोजना गरिएको यस चर्या नृत्यका लागि प्रशिक्षक चन्द्रमान मुनिकारलाई काठमाडौंबाट झिकाएर सहभागीलाई प्रशिक्षण दिइएको अध्यक्ष पालिखेले जानकारी दिएका छन् । प्रशिक्षक मुनिकारले चर्या नृत्य एउटा फरक र सम्पदासंग जोडिएको नृत्य भएकाले विद्यार्थीलाई सिकाइयो भने यो घर–घरमा पुग्ने हुदा यस नृत्य संरक्षणमा सघाउ पुग्ने बताउँछन् ।

“अहिले म यसैको प्रवद्र्धनमा लागिरहेको छु, म काठमाडौं १९ नरदेवीको बासिन्दा हुँ, मेरो घरलाई चर्यामय बनाएको छु, मेरो परिवार नै यसमा लागेको छ” उनले भने,–“एउटा तलामा संगीतको सिकाई, एउटामा चर्याको नृत्य प्रशिक्षण र वाद्यवादन तथा भेषभुषाको लागि छुट्याएको छु, यो कार्य मैले अबका पुस्तामाझ पुगोस् भनेर गरिरहेको छु” ।

परापुर्वकालबाटै बौद्ध धर्मका बज्रयानी बज्राचार्य गुरुहरुले पूजाको कोठामा चर्या नाच्दै आएका बताइएको छ । यो नृत्य साना बालबालिका, युवा र प्रौढसम्म लोकप्रिय रहेको छ । हाम्रो संस्कार, संस्कृतिलाई आफैंमा सिमित गर्दा हराउँदै जाने भएकाले यसलाई अहिले विश्व बजारमा पनि लगेर देखाउने गरिएको छ ।

यो नेपालको मौलिक शास्त्रीय नृत्य भएको हुदा यसको गीत संस्कृतमा गाउने गरिन्छ । यसलाई परमार्थ सत्य आत्मसात गर्ने काव्यरुपी संगित साधनासंग पनि जोडिएको छ । संस्कृतविद् सत्यमोहन जोशीले आफ्नो पुस्तक “बःचाधंगु नेवाः खँग्वः धुकु” मा चर्याको बारेमा बयान गरिएको बताइएको छ ।

चर्या अर्थ नेवार समुदायमा बौद्ध महायानीहरुको गुह्य पूजा हुने समयमा गाईने धार्मिक शास्त्रीय गीत भनेर लेखिएको छ । चर्याका केही निश्चित आधारभूत पदज्ञान र आसन हुन्छन् । तिनीहरुमा समपद, बज्रपद, मण्डलापद, त्रिभुपद, प्रत्यालिंधपद, आलिंधपद र नमामीपद गरी ७ वटा रहेका छन् ।

चर्या नृत्यको मौलिक महत्व छ । यो नेपाली संस्कृतिको विशिष्ट नमूना र जिवित सम्पदा हो भन्ने गरिएको छ । चर्याको विशेषता भनेको यसो मेल सञ्चासरका कुनैपनि नृत्यसंग मेल खाँदैन । यो रागबाट सुर भएर श्वलोकमा टुंगिन्छ । यो सांगीतिक रस अन्तर्गत नाच्ने गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...