Admission Open

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौँ, ७ माघ : नेपाल राष्ट्र बैंकले शनिबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।नेपाल राष्ट्र बैंकले शनिबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैया १० पैसा रहेको छ । अघिल्लो दिनको तुलनामा शनिबार अमेरिकी डलरको मूल्य केही पैसा घटेको छ ।

त्यस्तै,आजको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९रुपैयाँ ७६ पैसा र बिक्रीमा ९० रुपैयाँ १८ पैसा राष्ट्र बैंकले तोकेको छ । शुक्रबारको तुुलनामा शनिबार युरो केही पैसा घटेको छ भने अष्ट्रेलियन डलर शुक्रबारको को तुलनामा शनिबार केही पैसा बढेको छ ।
त्यसैगरी, शनिबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ र बिक्री मूल्य १० रुपैयाँ ०४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ५३ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६८ पैसा राष्ट्र बैंकले तोकेको छ ।मलेसियन रिंग्गेट एकको खरिद मूल्य ३० रुपैयाँ २२ पैसा र बिक्री मूल्य ३० रुपैयाँ ३६ पैसा पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

आजको मुद्राविनिमयदर सम्रगहमा हेर्दा केही देशको मुद्रा विनिमयदर घटेको देखिन्छ भने केही देशको मुद्रा बढेको देखिन्छ । मुद्रा विनिमय दर घट्दा रेमिटेन्समा केही असर पर्ने देखिन्छ भने देशले दातृराष्ट्रलाई ब्याज तिर्न भने सहज हुने गर्छ ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...