Admission Open

नेपाल राष्ट्र बैँकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २१ फागुन : नेपाल राष्ट्र बैँकले आइतबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बंकले बैँकले आइतबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८५ पैसा र बिक्री दर १३१ रूपैयाँ ४५पैसा रहेको छ ।

त्यस्तै, आइतबार युरो एकको खरिद मूल्य १३८ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य १३९ रूपैयाँ ४६ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५६रूपैयाँ ९०पैसा र बिक्रीमूल्य १५७रूपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८८ रूपैयाँ ४२पैसा र बिक्रीदर ८८ रूपैयाँ ८२पैसा राष्ट्र बैंकले कायम गरेको छ । हिजोको तुलनामा युरो र अष्ट्रेलियन डलर, पाउण्डको मूल्य घटेको छ ।

यस्तै, आइतबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६० पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६५ पैसा , साउदी अरेवियन रियालको खरिददर ३४ रूपैयाँ ८६पैसा र बिक्री दर ३५ रूपैयाँ ०२ पैसा , कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ २३ पैसा र बिक्री दर २९ रूपैयाँ ३७ पैसा राष्ट्र बैंकले तोकेको छ । शुक्रबार अमेरिकी डलरसहित केही देशको मुद्राको मूल्य बढेको छ भने केही देशको पैसाको मूल्य घटेको छ ।आइतबार केही देशको मूल्यदर घटेको छ भने केही देशको पैसाको मूल्य बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...