Admission Open

नेपाल राष्ट्र बैँकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदर

काठमाडौँ, १२ फागुन : नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैँकले शुक्रबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ । साताको अन्तिम कारोबारको दिन शुक्रबार अमेरिकी डलरको मूल्य बिहीबारको तुलनामा केही पैसाले सस्तिएको छ ।

त्यस्तै, शुक्रबार युरो एकको खरिद मूल्य १४० रूपैयाँर बिक्री मूल्य १४०रूपैयाँ ६३ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५८ रूपैयाँ ९८ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ ७० पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९० रूपैयाँ १३ पैसा र बिक्रीदर ९० रूपैयाँ ५४ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तै, शुक्रबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ७९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८४ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ २० पैसा र बिक्री दर ३५ रूपैयाँ ३६ पैसा , कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७९ पैसा र बिक्री दर २९ रूपैयाँ ९२ पैसा राष्ट्र बैंकले तोकेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...