Admission Open

ad place

कवि तथा गीतकार टीका चाम्लिङको निधन

काठमाडौं । नेपाली साहित्य तथा गीत–सङ्गीत क्षेत्रका सर्जक टीका चाम्लिङको निधन भएको छ । नेपाली गीत, कविता र संस्कृतिको क्षेत्रमा साढे तीन दशकभन्दा लामो समय योगदान पुर्‍याएका चाम्लिङको निधनले साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

खोटाङको तत्कालीन नुनथला गाविस–५, खाम्लामा २०३० माघ ४ गते जन्मिएका चाम्लिङ विद्यालय जीवनदेखि नै कविता लेखनमा सक्रिय थिए । विशेषगरी गीत, कविता र यात्रा संस्मरण विधामा कलम चलाउँदै आएका उनी पूर्णकालीन कवि, गीतकार तथा संस्कृतिकर्मीका रूपमा परिचित थिए ।

TVS_Golden key

चाम्लिङका दुई सयभन्दा बढी गीत विभिन्न चर्चित गायक–गायिकाको स्वरमा रेकर्ड भएका छन् । उनका ‘सपनाको रङ’, ‘समयको रङ’, ‘जूनको बस्ती’, ‘मुन्दुम र मालिङ्गो’ र ‘बागी कविता’ लगायतका कृति प्रकाशित छन् ।

उनी रावासावा प्राज्ञिक समाज नेपालका पूर्वअध्यक्षसमेत थिए । साथै, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यका रूपमा पनि आबद्ध थिए ।

नेपाली साहित्य र सङ्गीत क्षेत्रमा पुर्‍याएको योगदानका लागि चाम्लिङले नेपाली प्रतिभा पुरस्कार, खोटाङ प्रतिभा पुरस्कार, प्रदेश भाषा, साहित्य, कला तथा संस्कृति सम्मानलगायत विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए । रेडियो नेपालबाट आयोजित राष्ट्रव्यापी आधुनिक गीत–सङ्गीत सम्मेलन र बाल गीत–सङ्गीत सम्मेलनमा समेत उनी सर्वोत्कृष्ट गीतकारका रूपमा सम्मानित भएका थिए ।

खोटाङको माटोमा जन्मिएर नेपाली भाषा, साहित्य, गीत–सङ्गीत र संस्कृतिको प्रवर्द्धनमा जीवन समर्पित गरेका चाम्लिङका सिर्जना र योगदान नेपाली साहित्यिक क्षेत्रमा स्मरणीय रहनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...