
काठमाडौं: सपनाको घर निर्माणको पहिलो पाइला अर्थात् शिलान्यासलाई अझ शुभ र स्मरणीय बनाउन रिद्धि सिद्धि सिमेन्टले ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ विशेष योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत कम्तीमा १०० बोरा रिद्धि सिद्धि सिमेन्ट खरिद गरी निर्माण साइट दर्ता गर्ने ग्राहकले ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री भएको विशेष ‘Shilanyas Box’ प्राप्त गर्नेछन्।
योजनामा सहभागी हुन कम्पनीले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी दर्ता फाराम भर्नुपर्नेछ। साथै, सिमेन्ट खरिदको भ्याट बिलसमेत अपलोड गर्नुपर्नेछ। प्रमाणीकरणपछि कम्पनीका प्रतिनिधिले निर्माण स्थलमै पुगेर उपहार हस्तान्तरण गर्नेछन्। प्रत्येक निर्माण साइटले एकवटा मात्र बक्स प्राप्त गर्नेछ।
२०८३ मंसिर ४ देखि पुस ४ गतेसम्म लागू हुने यस योजनामार्फत नेपाली परम्परा, आस्था र संस्कृतिलाई घर निर्माणको सुरुवाती खुसीसँग जोड्ने प्रयास गरिएको कम्पनीले जनाएको छ।
गुणस्तरीय निर्माण सामग्रीसँगै ग्राहकका जीवनका महत्वपूर्ण क्षणलाई पनि विशेष बनाउने उद्देश्यले ल्याइएको यस योजनाले सपनाको घर निर्माणको पहिलो खुसीमा थप आत्मीयता र उत्साह भर्ने अपेक्षा कम्पनीको छ।


