Admission Open

अगम विकरालको गीत सङ्ग्रह ‘यादको मूर्छना’ सार्वजनिक

काठमाडौँ, २० माघ : अगम विकरालको गीत सङ्ग्रह यादको मूर्छना आज सार्वजनिक भएको छ ।

प्रमुख अतिथी नारदमणी हार्तम्छाली रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथीहरु शम्भु राई, धनप्रसाद सुवेदी, विष्णु राई रहनु भएको थियो ।

त्यसैगरी अतिथीहरुमा भक्त राई, शुभ मुकारुङ, शिवसङम राई, वशन्त वित्यासी थापा लगायत रावासावा प्राज्ञिक समाज नेपालका पदाधिकारी तथा सदस्यहरु, बम बानिया, सुरेश हाचेकाली, चन्द्र रानाहँछा, भरत लिमेल मगर, यमप्रसाद बास्तोला, डी अनुसागी लगायतका थुप्रै विशिष्ट महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

आज सार्वजनिक भएको अगम विकरालको गीत सङ्ग्रह ‘यादको मूर्छना’ बाट एउटा गीत

किन धाउनु मन्दिर

किन धाउनु मन्दिर आमा स्वयम् धाम हुन्
किन खोज्नु उज्यालो बाबा स्वयम् घाम हुन

आमाको पाउ छोएर तिमी ईश्वर पूज
बाबा भन्दा महान को छ केवल यति बुझ
किन गन्छौ ऋतु आमा स्वयम् याम हुन
किन खोज्नु उज्यालो बाबा स्वयम् घाम हुन

आमाको शिर देख्दा देख्दै किन रोज्छौ जून
बाबाको पीर तिमीले नै अव सक्छौ धुन
पीरपीडा पट्याई राख्ने आमा स्वयम् खाम हुन
किन खोज्नु उज्यालो बाबा स्वयम् घाम हुन ।

 

 

टिप्पणिहरु
Loading...