Admission Open

कुलपतित्रयद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ, ४ फागुन नवनियुक्त तीन कुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज  बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई शपथ गराएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले तीनैजनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । (रासस  )

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...