
काठमाडौं । राशिद खानको आक्रामक अर्धशतकको मद्दतमा काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनायो ।
काठमाडौँका लागि राशिदले २८ बलमा दुई चौका र चार छक्कासहित ५० रन बनाए । एनपीएलमा उनको यो दोस्रो अर्धशतक हो । उनले यसअघि कर्णाली याक्सविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए ।


