Admission Open

पोखरा महानगरमा धनराज आचार्यको जित सुनिश्चित

पोखरा : लगभग ५ हजार मत मात्र गन्न बाँकी हुँदा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेद्वार धनराज आचार्यको ५ हजार ३ सय बढी मत खसेपछि पोखरा महानगरपालिकाको मेयरमा आचार्यको जित सुनिश्चित भएको हो ।

पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २२६ मत खसेकोमा १ लाख ३८ हजार २११ मत गणना सम्पन्न भईसक्दा आचार्यले ५६ हजार ४७१ मत पाएका छन् भने एमालेका कृष्ण थापाले ५१ हजार १८५ मत पाएका छन् ।
त्यसैगरी उपमेयर पदमा भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ५८ हजार ५८२ मत आईसकेकोले उनी पनि निर्वाचित हुने निश्चितजस्तै भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...