Admission Open

ad place

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान सुरु, ३ बजेसम्म मत खसाल्न पाइने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि केही ढिलोगरी मतदान प्रक्रिया सुरु भएको हो।

महाधिवेशनका ज्येष्ठ प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसाल्दै मतदान प्रक्रियाको सुरुवात गरेका छन्।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्।

मतदानबाट नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...