Admission Open

बुद्ध एक महान् वैज्ञानिक

चिकित्साशात्रमा भन्ने हो भने दुःख छ भन्नु रोगको लक्षण हो । दुःखको कारण छ भन्नु निदान हो । निवारण छ भन्नु उपचार पहिल्याउनु हो । दुःख निवारणको बाटो भन्नु औषधिको पुर्जी हो ।

बुद्धले बुद्धत्व प्राप्त गरेपछि चार सत्य भएको बताएका छन् र तिनै चार सत्यलाई चार आर्य सत्य भनिन्छ । चार आर्य सत्यमा न त उनले ईश्वरलाई सत्य माने न त कुनै अलौकिक तत्वलाई । बरु उनले दुःखलाई सत्य माने र दुखकै वरिपरी चार सत्य स्थापना गरे ।


आज भन्दा करिब २६०० वर्ष पहिले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धले धेरै जीवनोपयोगी ज्ञान दिएका छन् । बुद्धले जहिल्यै पनि अतीत र भविष्यको चिन्ता नगरी मनलाई वर्तमानमा केन्द्रित गर्न आग्रह गरेका छन् ।
योग, ध्यान र जीवनोपयोगी ज्ञान दिनुका साथै बुद्धले विज्ञानको खोज, अनुसन्धान भन्दा पहिलानै आफूलाई एक महान वैज्ञानिक सावित गरिसकेका छन् ।

व्यक्तिले एक मिनेटमा १८ पटक सास लिन्छन् । एक घन्टामा एकहजार ८० पटक र एक दिनमा २५ हजार ९ सय २० पटक सास लिन्छन् । यही श्वास प्रश्वासको माध्यमबाट आजभन्दा करिव २६०० वर्ष पहिलानै बुद्धले विज्ञानको क्षेत्रमा आफूलाई एक महान वैज्ञानिकको रुपमा प्रमाणित गरिसकेका छन् ।

श्वास प्रश्वासको माध्यमबाट बुद्धले यो भौतिक वास्तविकता लगातार परिवर्तन भइरहेको छ भन्ने कुरा पत्ता लगाएका थिए । परिवर्तन त हुन्छ तर कसरी परिवर्तन हुँदैछ भन्ने कुरा थाहा पाउन बुद्धले श्वासप्रश्वाको प्रयोग गर्दै कठोर ध्यान तपस्या गरे र आफूलाई आफूभित्रको गहिराईमा पु¥याए । यसरी गहिराईमा पु¥याउँदा बुद्धले के थाहा पाए भने यो सम्पूर्ण भौतिक जगत परमाणुले बनेको छ, जुन लगातार उत्पन्न हुन्छ र लगातार नष्ट हुन्छ । (परमाणु सामान्य पदार्थको सबैभन्दा सानो एकाई हो । प्रत्यक ठोस, तरल, ग्यास र प्लाज्मा तटस्थ वा आयोनाइज् परमानुबाट बनेका हुन्छन । परमाणु धेरै साना हुन्छन् लगभग दशको पावर माइनस १२ मिटरका) ।

चिकित्साशात्रमा भन्ने हो भने;
दुःख छ भन्नु रोगको लक्षण हो ।
दुःखको कारण छ भन्नु निदान हो ।
निवारण छ भन्नु उपचार पहिल्याउनु हो ।
दुःख निवारणको बाटो भन्नु औषधिको पुर्जी हो ।

बुद्धका अनुसार उत्पन्न हुने र नष्ट हुने क्रिया यति छिटो हुन्छ कि जस्तो तपाईँले एक पटक आँखा झिम्काउँदा अरबौं पटक उत्पन्न हुने र अरबौं नष्ट हुने गर्दछन् ।

यही कुरा अर्थात भौतिक जगत परिवर्तनशिल छ जुन परमाणुबाट बनेको छ र यो निरन्तर परिवर्तन भइरहेको छ भन्ने कुरा अमेरिकी वैज्ञानिक डोनाल्ड ए. ग्लेजरले आफ्नो खोज, अनुसन्धानबाट पत्तालगाएका थिए ।

ए. ग्लेजरले पार्टिकलहरु एक सेकेन्डमा कति चोटी उत्पन्न हुन्छन् र नष्ट हुन्छन् भन्ने कुरा थाहा पाउन एउटा इन्स्ट्रुमेन्ट तयार गरे जुन बबल च्याम्बर (bubble chamber) हो । उनले उक्त च्याम्बरको सहायताले के पत्ता लगाए भने एक सेकेन्डमा एक परमाणु दशको पावर २२ पटक उत्पन्न हुने र नष्ट गर्दो रहेछ (जुन बुद्धले आजभन्दा २६०० वर्ष पहिलानै पत्ता लगाईसकेका थिए) । यही कुरा पत्ता लगाए बापत डोनाल्ड ए. ग्लेजरले सन् १९६० मा भौतिक विज्ञानमा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

जुन कुरा बुद्धले पत्ता लगाएका थिए । त्यही कुरा वैज्ञानिकले पनि पत्ता लगाए तर उनीहरु बिच के फरक रह्यो भने, बुद्ध भौतिक जगतको सम्पूर्ण माँया, मोह, जाल, झेलबाट मुक्त भए भने वैज्ञानिकहरु अझै पनि सांसारिक माँया मोहबाट मुक्त हुन सकेका छैनन् ।

त्यस्तै चिकित्सा विज्ञानमा पनि बुद्धले आफूलाई वैज्ञानिक सावित गरिसकेका छन् ।
बुद्धले बुद्धत्व प्राप्त गरेपछि चार सत्य भएको बताएका छन् र तिनै चार सत्यलाई चार आर्य सत्य भनिन्छ । चार आर्य सत्यमा न त उनले ईश्वरलाई सत्य माने न त कुनै अलौकिक तत्वलाई । बरु उनले दुःखलाई सत्य माने र दुखकै वरिपरी चार सत्य स्थापना गरे, जुन कुरा;

१ ) दुःख छ । (दुःख सत्य)
२ ) दुःखको कारण छ । (समुदय सत्य)
३ ) दुःखको निवारण छ । (निरोध सत्य)
४ ) दुःख निवारणको बाटो छ । (मार्ग सत्य)

चिकित्साशात्रमा भन्ने हो भने दुःख छ भन्नु रोगको लक्षण हो । दुःखको कारण छ भन्नु निदान हो । निवारण छ भन्नु उपचार पहिल्याउनु हो । दुःख निवारणको बाटो भन्नु औषधिको पुर्जी हो ।

यसरी गौतम बुद्धले विज्ञानको खोज अनुसन्धान भन्दा पहिले आफूलाई एक महान वैज्ञानिक सावित गरिसकेका छन् ।

टिप्पणिहरु
Loading...