Admission Open

ad place

टी-२० विश्वकप : आसिफअलीको विस्फोटक ब्याटिंग सँगै , पाकिस्तानको लगातार तेश्रो जित

काठमाडौँ, १३ कात्तिक

आईसीसी टि-२० विश्वकप अन्तर्गत शुक्रबार भएको सुपर-१२ चरणको समुह ‘२’ अन्तर्गतको खेलमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ ।

१९औं ओभरमा आसिफ अलीले आक्रामक ब्याटिंग गर्दा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै टि-२० विश्वकपमा पाकिस्तानले लगातार तेश्रो जित दर्ता गरेको छ। अलिले मात्र ७ बलमा ४ छक्का प्रहार गर्दै अविजित २५ रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानका कप्तान बाबरले ५१ रन, फकर जमनले ३०  र सोएब मल्लिकले १९ रन बनाए भने ओपनर मोहम्मद रिजवान ८ रनमै पभेलिएन फर्किएका थिए ।

त्यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसको लागि गुल्बदिन नैबले मोहम्मद र मोहम्मद नाबीले अविजित रहँदै समान ३५ रन बनाएकाथिए । यी दुईले सातौं विकेटका लागि अविजित ७१ रनको साझेदारी गरेका थिए । यस्तै नजीबुल्लाह जद्रानले २२, करिम जनतले १५ तथा रहमनुल्लाह गुर्बज र अस्घर अफ्घानले समान १० रन बनाएका थिए ।

अफगानिस्तानका रासिद खानले २ तथा मुजिब उर रहमान, मोहम्मद नावी  र नभिन उल हकले समान १-१ विकेट लिएका थिए भने पाकिस्तानका इमाद वासिमले २ तथा शाहीन शाह अफ्रिदी, हारिस राउफ, हसन अली र शदाब खानले समान १-१  विकेट लिएका थिए ।

यो जितसँगै  पाकिस्तान सुपर-१२ चरणको समुह ‘२’ अंकतालिकामा ६ अंक सहित शिर्ष स्थानमा कायमै रहेको छ। प्रतियोगिता अन्तर्गत पाकिस्तानले आगामी खेल नामिबियासंग नोभेम्बर २ तारिखमा तथा अफगानिस्तानले नामिबियासंग अक्टोबर ३१ तारिखमा खेल्नेछ।

पहिलो हार बेहोरेको अफगानिस्तानको दुई खेलबाट दुई अंकसहित दोस्रो स्थानमा छ ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...