Admission Open

ad place

नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर

काठमाडौं । नेपाल टेलिकम नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को अफिसियल टेलिकम पार्टनर बनेको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि नेपाल टेलिकमले साझेदारी गरेको हो।

यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सहकार्यले कम्पनीको ब्रान्ड प्रवर्द्धनमा मात्र नभई नेपालमा क्रिकेट खेलको संस्थागत विकास र विस्तारमा समेत योगदान पुर्‍याउने विश्वास नेपाल टेलिकमले लिएको छ। कम्पनीले नेपाली खेलकुद क्षेत्रको प्रवर्द्धन तथा खेलाडीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा पनि गरेको छ।

नेपाल टेलिकमले राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगितामा यसअघि पनि सहयोग गर्दै आएको जनाएको छ। नेपाली खेलकुद क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने नेपाल सरकारको नीतिलाई यस सहकार्यले थप टेवा पुग्ने कम्पनीको विश्वास छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट नेपाल प्रिमियर लिगले मान्यता प्राप्त गरेकोमा नेपाल टेलिकमले नेपाल क्रिकेट संघलाई बधाईसमेत दिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...