Admission Open

ad place

बाबर हयातको शतकमा हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

BANGI, MALAYSIA – AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौँ : एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत हङकङले नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुआमास क्रिकेट ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो।

हङकङको इनिङ्समा मध्यक्रमका ब्याटर बाबर हयातले उत्कृष्ट शतकीय प्रदर्शन गरे। उनले १२६ बलमा ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रन बनाए। एक समय १३३ रनमै ७ विकेट गुमाएर दबाबमा परेको हङकङलाई बाबर हयात र इहसान खानले सम्हाले। यी दुईले आठौँ विकेटका लागि अविजित १२८ रनको साझेदारी गर्दै टोलीलाई बलियो योगफलतर्फ पुर्‍याए। इहसान खानले ४६ बलमा ५ चौकासहित ३५ रन बनाए।

नेपालका लागि स्पिनरहरूले प्रभावशाली बलिङ गरे। सदीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए। शेर मल्लले १० ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ३ विकेट हात पारे।

नेपालका करण केसी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले भने विकेट लिन सकेनन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...