Admission Open

ad place

राष्ट्रिय संगीतकर्मी संघ नेपाल दैलेखमा नयाँ कार्यसमिति गठन

काठमाडौं: दैलेखका कलकारहरु गोलबद्ध भएर राष्ट्रिय संगीतकर्मी संघ नेपाल दैलेख जिल्लामा नयाँ कार्यसमिति गठन गरेका छन् । दैलेखबाट काठमाडौं आई गीत संगीत क्षेत्रमा क्रियाशिल रहेका कलाकारहरुको काठमाडौंमा सम्पन्न एक भेलाले गायिका भावना आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

११ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको उपाध्यक्षमा टेकराज भण्डारी र जीबन कँडेल, सचिबमा टिकाराम बीक, कोषाध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् ।

यस्तै संघको सल्लाहकारमा गणेश हमाल र कार्यसमिति सदस्यमा सृजना भण्डारी, लक्ष्मी शाही, मञ्जु थापा, कृष्णकुमार शाही, आकाश रावल चयन भएका छन् । १८ सदस्यीय जिल्ला कार्यसमितिको बाँकी पदाधिकारी तथा कार्यसमिति सदस्यमा दैलेखमा रहेका कलाकारलाई चयन गरिने पनि अध्यक्ष भावनाले बताईन् ।

राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले संगीतकर्मी संघ नेपालको बारे जानकारी गराउँदै संघको अबस्था र उदेश्यबारे कार्यक्रममा प्रकाश पारे ।

यस्तै राष्ट्रिय संगीतकर्मी संघ नेपाल दैलेख जिल्लाकी नव अध्यक्ष भावना आचार्यले गीत संगीत तथा कलामा आफुहरु पूर्ण समर्पित रहेर कलाकारको हक हितमा सक्रिय रहने बताईन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...