Admission Open

पाँचौ पोखरा स्पोर्टस अवार्ड

नविन र पार्वती उत्कृष्ट खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड रञ्जितलाई

पोखरा, १८ असार : पोखरा स्पोर्टस अवार्ड २०७६/७७ मा नवीन रसाईली पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी बन्नुभएको छ । उहाँले उत्कृष्ट ३ को मनोनयनमा परेका विनेश खनियाँ (टेबलटेनिस र सुमन अर्याल (फुटबल)लाई पछि पादै उत्कृष्ट बन्नुभयो । अवार्ड बिजेता नवीन तेह्रौं सागका स्वर्ण पदक बिजेता खेलाडी हुनुहुन्छ । नवीनले अवार्डसँगै नगद २ लाख समेत हात पार्नुभयो ।

वर्ष खेलाडी महिलामा तेक्वान्दोकी पार्वती गुरुङ महिलातर्फ सर्वोकृष्ट खेलाडी बन्नुभएको छ । उहाँले उत्कृष्ट ३ नोमिनेसनमा जमुना थापा (साइक्लिङ) र प्रशंसा क्षेत्री (तेक्वान्दो)लाई पछि पार्दै सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जित्नुभएको हो । अवार्ड बिजेता पार्वती तेह्रौं सागका स्वर्ण पदक बिजेता खेलाडी हुनुहुन्छ । उहाँले पनि नगद २ लाख सहित अवार्ड प्राप्त गर्नुभयो । काठमाडौंमा रहनुभएकी पार्वती फ्लाइट नभएर पोखरा आउन नपाएपछि उहाँको अनुपस्थितिमा उहाँका आफन्त मञ्जु गुरुङले अवार्ड ग्रहण गर्नुभयो ।

बक्सिङका सुरेश मल्ल ठकुरी वर्ष उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । उहाँले आफूसँगै नोमिनेसनमा पर्नुभएका आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल)लाई पछि पार्दै अवार्ड जित्नुभयो । उहाँको प्रशिक्षणमा नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदमा बक्सिङमा ३ स्वर्णसहित १० पदक जितेको थियो । अवार्डसँगै उहाँले नगद ३५ हजारसहित दोसल्ल्लासमेत ओढाएर सम्मान गरिएको थियो । त्यस्तै दुवाना लामा वर्ष उत्कृष्ट उदीयमान खेलाडी बन्नुभएको छ । उहाँले आफूसँगै नोमिनेसनमा परेका प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट)लाई पछि पार्दै अवार्ड जित्नुभयो । उहाँ तेह्रौंं दक्षिण एसियाली खेलकुदमा ६ वटा काश्य पदक बिजेता हुनुहुन्छ । त्यस्तै वर्ष उत्कृष्ट खेलपत्रकार २०७६ बाट पत्रकार सन्देश श्रेष्ठ र २०७७ बाट पत्रकार केशव पाठकलाई सम्मान गरिएको छ ।

उहाँहरुलाई नगद ३५ हजार सहित अवार्ड र सम्मापत्रले सम्मान गरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको समारोहमा विजेता प्रदेशका बिनाविभागीय मन्त्री राजीव गुरुङ, सांसद दीपक कोइराला, मीना गुरुङ, पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव तेज गुरुङ, पत्रकार महासंघ केन्द्रीय सदस्यद्वय सरिता तिमिल्सिना पगेनी, त्रिभुवन पौडेल, मञ्च अध्यक्ष एकराज गिरी लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अवार्ड समारोहको महत्वबारे प्रकाश पार्दै सरकारले खेल क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम सञ्चालन सञ्चारकर्मी मन क्षेत्री र कविता श्रेष्ठले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...