
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले खराब सुरुवात गर्दै पावरप्लेमा चार विकेट गुमाएको थियो। कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाउँदै टोलीको पारी सम्हाले। आरिफ शेखले १६ र थरिन्दु रत्नायकेले अविजित २६ रन जोडे।
काठमाडौंका जहान्दाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए।


