
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गरेको छ। यस जितसँगै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको छ।
सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन मात्र बनाउन सक्यो।
अन्तिम ३ ओभरमा २४ रन आवश्यक हुँदा हेमन्त धामी र स्कट कुग्लेइनले कसिलो बलिङ गर्दै खेल सुदूरपश्चिमको पक्षमा पारे। अन्तिम ओभरमा १६ रन आवश्यक रहेको अवस्थामा धामीले नो बल गरे पनि फ्रि हिटसहितका बलमा बाउन्ड्री नदिई टोलीलाई रोमाञ्चक जित दिलाए।


