Admission Open

ad place

पोखरा र विराटनगरबीच प्रतिस्पर्धा, दुवै टोलीमा परिवर्तन : पोखराले ब्याटिङ गर्दै

#NPL
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

आजको खेलमा विराटनगरले तीन र पोखराले दुई खेलाडी परिवर्तन गरेका छन्। विराटनगरले आन्द्रे रसेल, शुभम रन्जाने र नारायण जोशीको स्थानमा इसुरु उढाना, चरिथ असालंका र प्रतिश जिसीलाई मौका दिएको छ।

TVS_Golden key

त्यस्तै, पोखराले विवेक राना मगर र महेदी हसनको स्थानमा सागर ढकाल र रमेश मेन्डिसलाई टोलीमा समेटेको छ।

आजको खेलबाट विराटनगरका इसुरु उढाना र पोखराका रमेश मेन्डिसले एनपीएलमा डेब्यु गर्दैछन्।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...