काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
मंगलबार दिउँसो करिब १२ः४० बजे प्र.१–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।
चालकसहित ११ जना सवार माइक्रोबसमा १० जना घाइते भएका हुन्। घाइते हुनेमा चालक कृष्ण केसीसहित उदयपुर, झापा, मोरङ र सुनसरीका यात्रु छन्।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।



