Admission Open

ad place

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य

गेमको आठ वर्षे इतिहासकै सबैभन्दा महत्वाकांक्षी सहकार्य भर्सन ४.५ मार्फत सार्वजनिक हुँदै

विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइल (PUBG MOBILE) ले आफ्नो आगामी भर्सन ४.५ अपडेट मार्फत लोकप्रिय एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेन (NARUTO SHIPPUDEN) सँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ । जुलाई ९ देखि उपलब्ध हुने यस अपडेटमार्फत गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित नयाँ गेमप्ले, विशेष फिचर, रूपान्तरित वातावरण तथा रोमाञ्चक इन–गेम अनुभव प्राप्त गर्नेछन् ।

विश्वका सर्वाधिक लोकप्रिय मोबाइल गेममध्ये पर्ने पब्जी मोबाइल र सांस्कृतिक रूपमा अत्यन्त प्रभावशाली एनिमे फ्रेन्चाइज नारुटो शिप्पुडेनबीचको यो सहकार्य पब्जी मोबाइलको आठ वर्षे इतिहासकै सबैभन्दा महत्वाकांक्षी सहकार्यमध्ये एक मानिएको छ । यस सहकार्यसँगै गेमरहरूले पहिलोपटक पब्जी मोबाइलको प्लेटफर्ममा नारुटो शिप्पुडेनको संसारलाई नयाँ, आकर्षक र अन्तरक्रियात्मक तरिकाले अनुभव गर्न पाउनेछन् ।

नारुटो प्रोडक्सन कमिटी (Naruto Production Committee) को प्रत्यक्ष सुपरिवेक्षणमा तयार गरिएको यस सहकार्यअन्तर्गत गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित विशेष गेमप्ले, चर्चित स्थानहरू र पात्रहरूसँग सम्बन्धित विविध इन–गेम अनुभव लिन सक्नेछन् । गेमरहरूले हिडन लिफ भिलेज, होकागे रक र द फाइनल भ्याली लगायत नारुटोको कथामा विशेष महत्व राख्ने स्थानहरूको अनुभव गर्न सक्नेछन् ।

यसका साथै गेमरहरूले चिडोरी, रासेङ्गन, स्याडो क्लोन र फ्लाइङ राइजिन जुत्सु जस्ता चर्चित निन्जुत्सु सीपहरू प्रयोग गर्न पाउनेछन् । पब्जी मोबाइलले थप जानकारी छिट्टै सार्वजनिक गर्ने जनाएको छ । यस अपडेटमा गेमरहरूले नारुटोको कथाको केन्द्रमा रहेको चर्चित पात्र द नाइन टेल्स विरुद्ध विशेष बोस फाइट खेल्ने अवसरसमेत पाउनेछन् ।

यस सहकार्यअन्तर्गत गेमरहरूले नारुटो, सासुके, साकुरा, काकाशी, हिनाटा, सुनाडे, जिराइया, गारा र मादारा लगायत लोकप्रिय पात्रहरूमा आधारित विशेष क्यारेक्टर सेट प्राप्त गर्न सक्नेछन् । साथै, नारुटो शिप्पुडेनसँग सम्बन्धित अन्य थिममा आधारित विशेष सामग्रीहरू पनि क्रमशः सार्वजनिक गरिने पब्जी मोबाइलले जनाएको छ ।

यस सहकार्यबारे टेन्सेन्ट गेम्स अन्तर्गत पब्जी मोबाइल पब्लिसिङका हेड भिन्सेन्ट वाङ ले भने, “नवीन सहकार्य र उत्कृष्ट गेमिङ अनुभवमार्फत अन्तरक्रियात्मक मनोरञ्जनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धतामा पब्जी मोबाइल निरन्तर अघि बढिरहेको छ । विश्वभर नारुटोले हासिल गरेको लोकप्रियता र यसको समर्पित फ्यानबेसका कारण यो सहकार्य हाम्रो लागि स्वाभाविक छनोट बनेको हो । नारुटोका प्रिय पात्र र कथालाई पब्जी मोबाइलको रोमाञ्चक तथा विस्तृत गेमिङ अनुभवसँग जोडेर हामी गेमरहरूका लागि अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी र बहुप्रतीक्षित सहकार्यमध्ये एक प्रस्तुत गर्न लागेका छौं ।”

सन् १९९९ मा सुरुआत भएदेखि नारुटो विश्वकै सर्वाधिक लोकप्रिय तथा सांस्कृतिक रूपमा प्रभावशाली एनिमे र मांगा सिरिजमध्ये एकका रूपमा स्थापित हुँदै आएको छ । यस फ्रेन्चाइजले विश्वभर करोडौं दर्शक तथा प्रशंसकलाई आकर्षित गर्दै आएको छ, जसले यसको दीर्घकालीन लोकप्रियता, पुस्तौंदेखिको प्रभाव र विश्वस्तरीय मनोरञ्जन फ्रेन्चाइजका रूपमा रहेको महत्वलाई झल्काउँछ ।

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीचको यस विशेष सहकार्य तथा जुलाई ९ मा सार्वजनिक हुने भर्सन ४.५ सम्बन्धी थप जानकारी छिट्टै सार्वजनिक गरिनेछ । गेमरहरूले एप स्टोर र गुगल प्ले स्टोर  बाट पब्जी मोबाइल निःशुल्क डाउनलोड गरी खेल्न सक्नेछन्।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...