काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको केही समयमै व्यवसायी शंकरलाल अग्रवाललाई विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार बयानपछि ७० वर्षीय अग्रवाललाई थुनुवा पुर्जी दिई कारागार पठाउने आदेश गरेको हो।
यसअघि सर्वोच्च अदालतले बैंकिङ कसुर मुद्दामा अग्रवालको प्रत्यक्ष संलग्नता स्पष्ट नदेखिएको तथा उमेर र स्वास्थ्य अवस्थासमेतलाई ध्यानमा राख्दै १० लाख रुपैयाँ धरौटी वा बैंक जमानतमा रिहा गर्न आदेश दिएको थियो।
एउटै प्रकरणसँग जोडिएका विषयमा अदालतबाट फरक आदेश आउनुले स्वाभाविक रूपमा गम्भीर प्रश्न र चासो सिर्जना गरेको छ। सर्वोच्च अदालतको आदेशको मर्म र कानुनी प्रक्रियाको सम्मान हुने गरी विषयलाई हेर्नुपर्नेमा यसरी पुनः थुनामा पठाइनु दुःखद र खेदजनक विषय हो।



