Admission Open

कक्षा १२ को अन्तिम परीक्षा आजदेखि सुरु

[ परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी ]

काठमाडौँ, २६ वैशाख : कक्षा १२ को अन्तिम परीक्षा आजबाट सुरु हुँदैछ । परीक्षा आज बिहान ८ बजेबाट सुरु भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षामा ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी हुने छन् । त्यसैगरी ५६ हजार बढीले ग्रेडवृद्धि परीक्षा दिने कार्यालयले बताएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले जनाएअनुसार देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...