Admission Open

SEE परीक्षाको परीक्षाफल सहज रुपले प्राप्त गर्न के गर्ने ?

हेर्नुहोस् तरिका

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई (Secondary Education Examination-SEE) परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ । सो परीक्षाको परीक्षाफल कल गरेर (IVR), एसएमएस (SMS) तथा वेबसाइट (Website) मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

कल गरेर नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

एसएमएस- मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (Space) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि क्भ्भ् ज्ञद्दघद्धछटठडब् टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

वेबसाइट- नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने ।

कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पश्चात् परीक्षाफल हेर्न सकिने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...