काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ र रुबेन ट्रम्पलम्यानले १५ रन जोडे ।
बलिङतर्फ जनकपुरका विशाल सुशलिङ र राहुल यादवले समान २ विकेट लिए भने ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले १–१ विकेट लिए ।
१५० रनको लक्ष्य पछ्याउँदै जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।



