Admission Open

कुमारी जबको ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम सञ्चालन

काठमाडौं :  कुमारी जबद्वारा पुर्व मिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम आजदेखि सञ्चालन भइरहेको छ ।

तालिमको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले भने , “अहिले काठमाडौँ लगायत बिराटनगर,पोखरा, बुटवल तथा नेपालका विभिन्न शहरहरुमा ठुला–ठुला व्यापारिक संस्थाहरु खोल्ने एवं शाखा विस्तार गर्ने काम भइरहेको छ र ती संस्थाहरुमा योग्य र तालिमप्राप्त उम्मेदवारहरुको उच्च माग रहेको छ । यहि आवश्यकतालाई ध्यानमा राख्दै हामीले “फ्रन्ट अफिस एन्ड म्यानेजमेन्ट सेक्रेटरियल एटिक्वेट्स तालिम” सञ्चालन गरेका हौँ । आशा छ यस तालिममा सहभागी सम्पूर्णले कामको लागि आवश्यक ज्ञान र सीपहरु सिक्नुहुनेछ र आफुलाई एक योग्य उम्मेदवारको रुपमा प्रस्तुत गर्नुहुनेछ।”

फ्रन्ट अफिस र सेक्रेटरियल विभागमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम अत्यन्तै उपयोगी कुुमारी जबले विश्वास लिएको छ ।

कुनै पनि अफिस अथवा संस्थाको लागि फ्रन्ट अफिस र सेक्रेटरियल विभाग अत्यन्तै महत्वपूर्ण हुन्छ । र यस्तो काममा आफ्नो करियर बनाउनको लागि र सफलता पाउनको लागि एउटा निश्चित योग्यता, सीप अथवा तालिम चाहिन्छ ।त्यसैले रिसेप्सनिस्ट्, पर्सनल् असिस्टान्ट, सेक्रेटरी लगायत अन्य विभिन्न कामको खोजीमा रहेका व्यक्तिहरुको लागि यो तालिम कोशेढुङ्गा साबित संस्थाले दाबी गरेको छ ।

आज आईतवार ८ गतेबाट शुरु हुन गइरहेको १२ दिनको यस तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गर्न सकिनेछ । साथै यसको साथ-साथै कुमारी जबले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङ जस्ता विषयहरुमा पनि प्रशिक्षण सन्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...