Admission Open

कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न

काठमाडौं : कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवी र दक्ष व्यक्तित्वहरूद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो । उक्त प्रशिक्षण २४ दिनसम्म सञ्चालन भएको थियो ।

पहिलोपटकको प्रशिक्षणमा उत्साहजनक सहभागिता देखेर हर्षित भएको कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले बताए ।

“मलाई आशा छ कि यस तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूले अझै धेरै काम लाग्ने कुरा सिक्नुभएको छ, जुन उहाँहरूले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ । यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर–व्यक्तिगत सीप मात्र विकास भई संगठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ,” उनले भने ।

प्रशिक्षण अन्तर्क्रियामूलक, जानकारीमूलक र रमाइलो भएको सहभागीहरूले प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...