Admission Open

नेपालमै छ रोजगारीको अवशर : सन्जीब स्याङ्तान

तपाईंहरु पनि कामको खोजीमा हुनुहुन्छ भने कुमारी जबको सामाजिक सञ्जाल, वेबसाइट अथवा कुमारी जबको कार्यालयमै गएर एकदमै निःशुल्क रुपमा सेवा लिन सक्नुहुनेछ । 

काठमाडौँ : कोभिड महामारीपछि कामको खोजीमा विदेशिने युवाको संख्या फेरि पनि आकाशिँदै जान थालिसकेको छ । श्रम तथा रोजगार विभागको ताजा तथ्यांकले विदेश उड्नेको संख्या दोब्बर भएर श्रावण महिनामा मात्र दिनमै २८०० ले श्रम स्वीकृति लिएको देखाएको छ । तर हातमा सीप हुनेले नेपालमै पनि राम्रो काम पाइरहेका छन्, जसको उदाहरण हुन् सन्जीब स्याङ्तान । २४ वर्र्षय सन्जीव पेशाले को–अपरेटिभ फाइनान्स अड्भाइजर हुन् र उनी निरन्तर रुपमा अड्भान्स अकाउन्टिङको प्रशिक्षण पनि प्रदान गर्दै आइरहेका छन् । प्रस्तुत छ, यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानीको संक्षिप्त अंश :

तपाईले यहाँ काम गर्न थाल्नुभएको कति भयो ?

मैले यो क्षत्रमा काम गर्न थालेको चाहिँ सन २०१७ देखि हो, अहिलेको कम्पनी ई– डिजिटल नेपालमा चाहिँ विगत एक वर्षदेखि कार्यरत छु ।

तपाइले जागिर खोज्ने क्रममा के–के गर्नुभयो, त्यसको बारेमा पनि बताईदिनुहोस न ?

शुरुवाती अवस्थामा काम पाउन अलिक कठिन नै थियो । मैले मेरो साथीहरु, आफन्त लगायत चिने–जानेको सबैमार्फत काम खोजेँ । सामाजिक सञ्जालमा आउने हरेक विज्ञापन पनि हेर्थेँ, सम्पर्क गर्थेँ तर मेरो सिप र योग्यता अनुसारको काम भेट्टाउन सकिरहेको थिइँन । अन्त्यमा मैले फेसबुकमा कुमारी जब भेटेँ र वहाँहरु मार्फत नै मैले खोजेको जस्तै काम पाउन सफल पनि भएँ ।

कुमारी जबको बारेमा कसरी थाहा पाउनुभयो ?

मैले सामाजिक सञ्जाल फेसबुक मार्फत कुमारी जबको बारेमा थाहा पाएको हुँ ।

कामको लागि कुमारी जबले तपाईंलाई कस्तो सहयोग अथवा गाइडेन्स गर्यो ?

कुमारी जबले मलाई जागिरको सिलसिलामा धेरै सहयोग ग¥यो । वहाँहरुले मलाई अन्तरवार्ताको लागि कसरी आफुलाई तयार गर्ने र कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि राम्रो जानकारी प्रदान गर्नुभयो ।

कुमारी जबले तपाईंलाई अन्तर्वाता तयारीको लागि कस्तो सहयोग ग¥यो ?

अन्तर्वाताको लागि वहाँहरुले मलाई धेरै सहयोग गर्नुभयो । वहाँहरुले मलाई अफिसमै बोलाएर अन्तर्वाता कसरी हुन्छ, के–के सोधिन्छ र कसरी जवाफ दिने लगायत अन्य धेरै कुरामा सहयोग गर्नुभयो ।

कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ?

मैले एकदमै खोजेको जस्तै सहयोग पाएँ र यसको लागि म धेरै खुशी छु ।

कुमारी जबमार्फत पाएको रोजगारीले तपाईंको जीवनमा के परिवर्तन ल्याएको छ ?

पक्कै पनि कामले मलाई आर्थिक स्वतन्त्रता दिएको छ, र सँग–सँगै राम्रो जीवनशैली दिएको छ । र सबैभन्दा महत्त्वपूर्ण भनेको मैले हरेक दिन सिक्ने अवसर पाएको छु, जसले मेरो ज्ञान र सिप वृद्धि भएको छ जसले मलाई भविष्यको लागि तयार बनाएको छ ।

तपाईं विदेश जाने सोचमा हुनुहुन्छ कि नेपालमै अवसर देख्नुहुन्छ ?

मेरो क्षमता र अनुभवको आधारमा मैले नेपालमै राम्रो अवसर देखेको छु । त्यसैले विदेश जाने मेरो सोच छैन ।

त्यसो भए अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ?

हजुर, म मेरो अहिलेको काममा धेरै खुशी छु ।

यो अवसर जुराइदिएकोमा कुमारी जबलाई केही भन्न चाहनुहुन्छ ?

मलाई काम खोज्न सहयोग गरेकोमा कुमारी जब र यसका सहयोगी, मिलनसार कर्मचारीहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । साथ–साथै कामको खोजीमा रहेका म जस्तै अन्य युवा मित्रहरुलाई पनि कुमारी जब मार्फत काम खोज्न सुझाव दिन्छु । वहाँहरुले कामको खोजीमा रहेका सबैलाई विल्कुलै निःशुल्क रुपमा सेवा प्रदान गर्नुहुन्छ र यदि तपाईंहरु पनि कामको खोजीमा हुनुहुन्छ भने कुमारी जबको सामाजिक सञ्जाल, वेबसाइट अथवा कुमारी जबको कार्यालयमै गएर एकदमै निःशुल्क रुपमा सेवा लिन सक्नुहुनेछ भनेर पनि जानकारी दिन चाहन्छु ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...