Admission Open

कुमारी जब र अल्टिमेट लिफ्टिङ क्लबबीच छुट सम्झौता

काठमाडैं : कुमारी जब र अल्टिमेट लिफ्टिङ क्लबबीच विशेष छुट सम्झौता भएको छ । अब कुमारी जबमार्फत जागिरको लागि दर्ता गर्दा अल्टिमेट लिफ्टिङ क्लबमा विशेष छुट पाउनुका साथै कुमारी जबका कर्मचारीहरु पनि यस सम्झौताबाट लाभान्वित हुने भएका छन् ।

कर्मचारीको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको कामप्रतिको लगाव एक आपसमा प्रत्यक्ष रुपमा सम्बन्धित रहेको हुँदा आफ्ना ग्राहक र कर्मचारीहरुका लागि यो सम्झौता गर्न पाउँंदा खुशी लागेको कुमारी जबका म्यानेजिङ डाइरेक्टर सन्देश भण्डारीले बताए ।

‘व्यायामले हाम्रो तनाव कम गर्न तथा हाम्रो कार्यक्षमता र उत्पादकत्व बढाउन मद्धत गर्छ । कर्मचारीहरुको शारीरिक स्वास्थ्य अवस्था र उनीहरुको काम प्रतिको लगाव एक आपसमा प्रत्यक्ष रुपमा सम्बन्धित छन्,’ म्यानेजिङ डाइरेक्टर भण्डारीले भने, ‘हाम्रो संस्था अथवा वेबसाइटमार्फत आउनुहुने उम्मेदवारहरु एवं हाम्रा कर्मचारीहरुको स्वास्थ्यको लागि यो सम्झौता गर्न पाउँंदा मलाई अत्यन्तै खुशी लागेको छ ।’

काठमाडौंको तीनकुने सुविधानगरमा अवस्थित अल्टिमेट लिफ्टिङ क्लबको सेवा सुविधा लिन तीनकुने स्थित कुमारी जबको कार्यालयमै गएर रोजगारीको लागि दर्ता गर्न सकिनेछ ।

यसरी वेबसाइटमा अथवा कार्यलयमै गएर दर्ता गरे वापत कुनै शुल्क नलाग्ने कुमारी जबले जनाएको छ । कुमारी जबले निःशुल्करुपमा योग्यताअनुसारको रोजगारी प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...