
काठमाडौं: नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य ३ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ९९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।


