काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भा चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार ९८ प्रतिशतभन्दा बढी मतगणना हुँदा लुलाले ५१.७५ प्रतिशत मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी दक्षिणपन्थी उम्मेदवार फ्ल्याभियो बोल्सोनारोले ४८.२५ प्रतिशत मत पाएका छन्। पहिलो चरणमा पछि परेका ८० वर्षीय लुलाले दोस्रो चरणमा अग्रता उल्ट्याउँदै विजय हासिल गरेका हुन्।
बीबीसीका अनुसार सन् १९८८ मा ब्राजिलमा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेका उम्मेदवारले दोस्रो चरणमा राष्ट्रपति निर्वाचन जितेको यो पहिलो घटना हो। बीबीसी


