Admission Open

प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेसको तयारी तिब्र

लेखनाथ : पोखरा महानगरपालिका वडा नं.३१ बेगनासतालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेसको तयारीलाई तिब्र पारिएको छ ।

नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रर्वद्धनमा आगमी चैत ११ र १२ गते हुने ड्रागन बोट रेसको तयारीलाई तिब्र पािरएको होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका अध्यक्ष बिरभद्र कंडेलले बताए ।

साविक लेखनाथ क्षेत्रका वडाध्यक्षहरु र लेखनाथ उद्योग वाणिज्य संघको संयुक्त बैठकमा साको जानकारी दिदै अध्यक्ष कंडेलले यस क्षेत्रको आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्स्थल बनाउने र समग्र लेखनाथ लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसार गर्ने उदेश्यले आयोजन गर्न लागिएको कार्यक्रमलाई सहयोग गर्न सबै वडाका वडा अध्यक्षहरु लगायत लेखनाथ उद्योग वाणिज्य संघलाई आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नं.३१ का वडाध्यक्ष ढकनाथ कंडेलले ड्रागन बोट रेसले यस क्षेत्रको पर्यटनको विकाससँगै अरु पूर्वाधारको समेत विकास हुने भएकाले यस कार्यक्रमलाई वडाबाट सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । यसैगरी वडा नं.३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले यस कार्यक्रम सबैको साझा कार्यक्रम भएकाले सबै सामाजिक संघ संस्थाहरु, व्यक्ति विशेष एकजुट हुनुपर्नेमा जोड दिदै आफ्नो वडाबाट सक्दो सहयोग रहने बताए ।

पोखरा २८ का वडा सदस्य डाल्डादेवी भुजेलले यस कार्यक्रममा वडा कार्यालयको सहयोग र साथ रहने बताइन् । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठले यस क्षेत्रमा रहेका सबै जातजाती, संघ संस्थाहरु, आमा समूहहरु, टोल विकास संस्थाहरु सबैको अपनत्व हुने गरी कार्यक्रम गर्न सुझाव राख्दै लेखनाथ उद्योग वाणिज्य संघको पूर्ण साथ र सहयोग रहने बताए ।

पोखरा शहरी योजना आयोगका सदस्य सुरेन्द्रबाबु तिवारी, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, प्रथम उपाध्यक्ष उपेन्द्र सुवेदी (राजु), पोखरा ३१ का वडा सदस्य बिनोदमणी लामिछाने होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका उपाध्यक्ष कमल लामिछाने, पूर्व अध्यक्ष दुर्गा अधिकारी, पूर्व अध्यक्ष कुष्ण तिमिल्सिना लगायतले यस कार्यक्रमले पर्यटनको विकासका साथै समग्र लेखनाथ क्षेत्रको विकासमा थप टेवा मिल्ने विश्वास व्यक्त गरे ।

होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका महासचिव सुरेश लामिछानेले छिमेकी मुलुक चिनको प्राविधिक सहयोग रहने बताउँदै मार्च १८ तारिखमा चाइनाको प्राविधिक समूह आइपुग्ने जानकारी दिदै प्राविधिक समूहले नै ड्रागन बोट रेसमा सहभागी हुने समूहको छनौट गर्ने बताए ।

होटल तथा रेष्टुरेण्ट लेखनाथको व्यवस्थापनमा र लेखनाथ स्थित सम्पूर्ण सामाजिक संघ संस्थाहरु र ओभरसिज चाइना एशोसियशन अफ पोखरा नेपालको सहयोगमा निःशुल्क रुपमा सञ्चालन गरिने प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस कार्यक्रमले समग्र लेखनाथ क्षेत्रकै गौरब बढाउने भएकाले सो कार्यक्रममा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न महासचिव लामिछानेले सबैलाई आग्रह गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...