Admission Open

ad place

गुन कहिल्यै नबिर्सनु

गीत

गीत-

गुन कहिल्यै नबिर्सनु 

  • यम बास्तोला

घुमि रहन्छन् सुख, दुःख नतर्सिनू, नफूर्किनु
माफ दिनु बैगुनीलाई गुन कहिल्यै नबिर्सिनू

वनको फूल वनमारा नि काम लाग्छ कुनैबेला
सुनै फल्ने बोट पनि सुकि  जान्छ कुनैबेला
आँसु हाँसो छटपटीमा छायाँसँग  नतर्सिनू
माफ दिनु बैगुनीलाई गुन कहिल्यै नबिर्सिनू

कहिले एउटा माथि जान्छ, तल झर्छ अर्को
जीवन हो बक्ररेखा,   केवल एकै धर्को
नआत्तिनू तल हुँदा, माथि पुग्दा नसर्किनू
माफ दिनु बैगुनीलाई गुन कहिल्यै नबिर्सिनू

 

दि.रु.म.न.पा-५, खोटाङ
[email protected]

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...