Admission Open

ad place

रक्षा नेपाललाई पाठ्य सामग्री हस्तान्तरण

काठमाडौँ  : रक्षा नेपाललाई विभिन्न पाठ्य सामग्री हस्तान्तरण गरिएको छ । विभिन्न संस्था तथा स्टेशनरी र सहयोगीबाट संकलित पाठ्य सामग्रीहरु रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई हस्तान्तरण गरिएको हो ।

सन् २००४ मा स्थापना भएको रक्षा नेपाल महिला तथा बालबालिका बेचविखन विरूद्ध काम गर्ने नेपालको एक गैरसरकारी संस्था हो। क्याबिन, डान्सबार र मसाज पार्लरमा लगायत विभिन्न यौनजन्य हिंसाबाट पीडित महिलालाई उद्धार गर्ने संस्था हो । यस संस्थाकी अध्यक्ष मेनुका थापा हुनुहुन्छ ।

मनोक्रान्ति सेन्टर काठमाडौँ शाखा तथा मनोक्रान्ति विश्व परिवारकी सदस्य भिमादेवी आचार्य तथा कवि तथा साहित्यकार यम बास्तोलाले संयुक्त रुपमा उक्त सामग्रीहरु रक्षा नेपालकी अध्यक्ष मेन’का थापालाई हस्तान्तरण गर्नु भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...