Admission Open

‘मचपु’ कथा वाचन शृङ्खलाको सातौं शृङ्खला सम्पन्न

काठमाडौँ : ‘मचपु’ कथा वाचन शृङ्खलाको सातौं शृङ्खला गत चैत ३० गते काठमाडौंको घट्टेकुलोमा सम्पन्न भएको छ । शृङ्खलाको शुरुआत हालसालै दिवङ्गत हुनुभएका वरिष्ठ कथाकार परशु प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकमिनेट मौन धारण गरेर कार्यक्रमको गरिएको थियो ।

दिवङ्गत कथाकारको रूपमा यसपटक रुपनारायण सिंहलाई सम्मान गर्दै उहाँको लगभग १०० वर्ष अघिको कथा इ.सं. १९२७ सालमा प्रकाशित कथा ‘अन्नपूर्णा ‘ शीर्षकको कथा ‘मचपु’ कथा वाचन शृङ्खलाकी संयोजक मन्दिरा मधुश्रीबाट वाचन गरिएको थियो ।

त्यस्तै यस शृङ्खलामा २०१० को दशक र २०२० को दशकका कोही पनि कथाकार उपस्थित हुन सक्नुभएन ।

२०३० को दशकबाट कथाकार योगेन्द्र तिमिल्सिनाले ‘मृत्युु पछिको गन्ध‘ वाचन गर्नुभएको थियो । २०३३ सालमा मधुपर्कमा प्रकाशित उक्त कथा उहाँको कथा सङ्ग्रह अनन्त आकाशूमा सङ्ग्रहित छ ।
२०४०को दशकबाट कथाकार मधुबन पौडेलले ‘नयाँ घर’ शीर्षकको कथा वाचन गर्नुभयो । २०४७ को रुपरेखा पत्रिकामा प्रकाशित उक्त कथा उहाँकै २०५० मा प्रकाशित कथा सङ्ग्रह ‘म र मेरो परिवेशमा’ सङ्ग्रहित छ ।

२०५० को दशकबाट कथाकार बाबा न्यौपानेले ‘दोस्रो प्रहर‘ कथा वाचन गर्नुभयो । उक्त कथा उहाँकै ‘दोस्रो प्रहर‘ कथा सङ्ग्रहमा सङ्कलित छ ।

त्यस्तै २०५० कै दशकबाट कथाकार हेमन्ती जोशीले आफ्नो २०६९ मा प्रकाशित सङ्ग्रह ‘पत्रै पत्र जिन्दगी‘ बाट ‘खलासी‘ शीर्षकको कथा वाचन गर्नुभयो ।

२०६० को दशकबाट कथाकार गीता रेग्मीले ‘परिचय’ कथा सङ्ग्रहबाट ‘परिचय‘ शीर्षकको कथा वाचन गर्नुभयो ।

२०७० को दशकबाट कथाकार सरिता अर्यालले आफ्नो ‘खुशीको फट्को’ कथा सङ्ग्रहबाट ‘खुशीको फट्को’ शीर्षकको कथा वाचन गर्नुभयो ।

त्यसैगरी २०७० कै दशकबाट कथाकार यम बास्तोलाले ‘रहस्य‘ शीर्षकको कथा वाचन गर्नुभयो । उक्त कथा २०७८ को अनलाइन खबर अनलाइन पत्रिकामा प्रकाशित भएको थियो ।

कार्यक्रमको अन्तमा कथाकार पुष्कर लोहनी र चन्द्रप्रसाद भट्टराईले कथा वाचन कार्यक्रमको औचित्य र उद्देश्यमा आफ्नो सारगर्भित मन्तव्य दिनुभयो । साहित्यकार शरद प्रधानले रुपनरायण सिंहको कथाकारिताको बारेमा बताउनुभयो । उहाँले रुपनारायण सिंहको ‘अन्नपूर्णा ‘ कथा नासो भन्दा ९ वर्ष अगाडि १९२७,१ मार्चमा ९१९८३ वि.सं. मा देहरादुनबाट प्रकाशित हुने गोरखा संसार मा नै प्रकाशित भइसकेको जानकारी गराउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...