Admission Open

गीत

  • यम बास्तोला

आँखामा जून बसे पनि
रातमै घाम उदाए पनि
म त कालो अँध्यारोमा छु
तिमी साथ नहुँदा

दिनमा शिर्शिर बतास चल्छ
रातमा शीतको थोपा खस्छ
तर म सधैँ मुर्झाइ रहन्छु
तिमी कतै टाढा जाँदा

कलकल पानी बगिरहन्छ
हिमाल हेर्छु मुस्काइ रहन्छ
तर खुसी हुनै सक्दिन म
तिम्रा आँखामा आँसु हुँदा

बादलले आकाश घेरिए पनि
ऋतुमा शिशिर फेरिए पनि
मनमा मन्जरी पलाइ रहन्छ
तिमी मेरै समीप हुँदा

मनमै गुलाब फुलिरहन्छ
सुखको गङ्गा डुलिरहन्छ
सारा दुनियाँ बिर्सन्छु म
केवल तिमी मेरो साथ हुँदा ।

  • दि रु म न.पा- ५, खोटाङ
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...