Admission Open

लगातार पाँचौँ दिन पनि सेयर बजार ओरालो : नेप्से २१.१५ अंकले घट्यो, कारोबार १ अर्ब ६८ करोड

काठमाडौँ, ४ फागुन : सेयर बजार लगातार पाँचौँ दिन पनि घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक बजार परिसूचक नेप्से आज २१ दशमलव १५ अंकले घटेको छ ।

आज नेप्से परिसूचक २१ दशमलव १५ अंकले घटेर २ हजार ७० दशमलव ४१ विन्दु पुगेर बन्द भएको छ ।आज २५६ वटा कम्पनीका ४७ लाख ४७ हजार ५६७ कित्ता किनबेच हुँदा १ अर्ब ६८ करोड ४९ लाख ४२ हजारभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।
आज १५ कम्पनीको सेयरको मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ३८ लाख र अपी पावर कम्पनीको पाँच करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

युनिलिभर नेपालको सेयरमूल्य ५ दशमलव ९१ प्रतिशतले गिरावट हुँदा सपोर्ट माइक्रो फाइनान्सको सेयरमूल्य ५दशमलव ५१ प्रतिशत र सिनर्जी पावर कम्पनीको सेयरमूल्य ४ दशमलव २९ प्रतिशतले घटेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...