Admission Open

शेयर बजार लगातार ओरालो : आज २४.४४ अंकले घट्दा कारोबार १ अर्ब २८ करोड

काठमाडौँ, १७ फागुन : साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । मंगलबार ३ दशमलव ६१ अंकले घटेको नेप्से परिसूचक बधबार पनि पुनः नेप्से २४दशमलव ४४अंकले घटेको हो । नेप्से अघिल्लो दिनको तुलनामा २४ दशमलव ४४ अंक घटेर १९९५ दशमलव ४९ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार २५७ कम्पनीका ३७ लाख २९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजार रुपैयाँ बरारबको कारोबार भएको हो ।मंगलबार १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५सय १५ रुपैयाँको कारोबार भएको थियो । मंगलबारको तुलनामा  १० करोड कम  कारोबार भएको  हो ।

आज कारोबारको आधारमा २० कम्पनीको सेयर मूल्य बढ्दा १८९ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको मूल्य स्थिर रहयो ।

कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र युनिभर्सल पावर कम्पनी क्रमशः अगाडि रहे ।

माथिल्लो तामाकोसीकाे ८ करोड ७२ लाख ३७ हजार रुपैयाँ  बराबरको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टकाे ८ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सीवाईसी लघुवित्तको ५दशमलव७, उन्नती सहकार्य लघुवित्तको ५दशमलव४, उपकार लघुवित्तको ५दशमलव ४ र एनआईसी एसिया लघुवित्तको ५दशमलव१ प्रतिशतले मूल्य घट्यो । आदर्श लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । बाराही हाइड्रोको ४दशमलव५ प्रतिशत बढ्यो । बोटलर्स नेपाल तराईको मूल्य सबैभन्दा धेरै ९दशमलव ६ प्रतिशत घट्यो ।

बैंकिङ ७, विकास बैंक ५१, फाइनान्स १०, होटल तथा पर्यटन ४७, जलविद्युत् ३४, जीवन बीमा १५६, उत्पादन १११, माइक्रोफाइनान्स १०४, निर्जीवन बीमा ९७, अन्य १९ र ब्यापार उपसमूह २७ अंक घटे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...