Admission Open

साताको अन्तिम कारोबार दिन पनि सेयर बजार रातै

नेप्से १८.१५ अंकले घट्दा कारोबार रकम १ अर्ब ४१ करोड

काठमाडौँ, ९ चैत्र : मंगलबार केही अङ्कले उकालो लागेर हरियो देखिएको नेप्से आज साताको अन्तिम कारोबार दिन रातै भएको छ । बिहीबार नेप्से परिसूचक १८ दशमलव १५ अंकले घटेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलब १५ अंकले घटेर १ हजार ९ सय १५ दशमलब १४ विन्दुमा पुगेर बन्द भएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक अंक घटेपनि कारोबार रमक भने बढेको छ ।
बिहीबार २५९ कम्पनीको ४३ लाख ४० हजार २ सय ७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार बराबरको सेयर कारोबार भएको छ । आज २८ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घट्नुका साथै ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, हिमालयन डिस्टिलरी, नबिल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

सबैभन्दा बढी एनआईसी एशिया बैंक लिमिटेडको कारोबार भएको छ । सो कम्पनीको २१ करोड ७४ लाख बराबरको सेयर कारोबार भएको छ ।मायाखोला र एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सिद्धार्थ बैंकको मूल्य ८ प्रतिशत बढ्यो । बोटलर्स नेपाल तराईको मूल्य ५ प्रतिशत बढ्यो ।

युनिक नेपाल लघुवित्तको मूल्य ७।४, सिर्जनशील लघुवित्तको ६।८, खप्तड लघुवित्तको ६ प्रतिशत मूल्य घट्यो ।बैंकिङ ८, विकास बैंक ११, फाइनान्स २१, होटल तथा पर्यटन ४२, जलविद्युत् ३६, जीवन बीमा ९१, उत्पादन ९, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा ३७, ब्यापार ६७ र अन्य उपसमूह १५ अंक घटे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...