Admission Open

आजको विदेशी मुद्राको विनिमयदर : बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौं : विश्व बजारमा फेरि अमेरिकी डलरको मूल्यले उकालो यात्रा गरिरहेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।बैंकले बुधबार सार्वजनिक गरेको मुद्रा विनिमय अनुसार अमेरिकी एक डलरको खरिद दर १३० रूपैयाँ ४६ पैसा र बिक्री दर १३१ रूपैयाँ ०६पैसा कायम भएको जनाएको छ ।

त्यस्तै,  १ युरोको खरिद दर १४१ रूपैयाँ ७२ पैसा रहेको छ भने बिक्री दर १४२ रूपैयाँ ३७ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९१ रूपैयाँ ५६ पैसा र बिक्री दर १० रूपैयाँ ९८ पैसा राष्ट्र बैंकले कायम गरेको छ । आज युरो र अष्ट्रेलियन डलर पनि उकालो लागेको छ ।

त्यसैगरी, युके एक पाउन्डको खरिद दर १६० रूपैयाँ ७९ पैसा र बिक्री दर १६१ रूपैयाँ ५२ पैसा, स्वीस फ्रान्सको खरिद दर १४१ रूपैयाँ ५२ पैसा र बिक्री १४२ रूपैयाँ १७ पैसा रहेको छ भने क्यानडियन डलरको खरिद दर ९७ रूपैयाँ ५५ पैसा र बिक्री दर ९८ रूपैयाँ रहेको छ ।

यस्तै, बुधबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ३ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ ०८ पैसा, साउदी अरेवियन रियालको खरिद दर ३४ रूपैयाँ ७५ पैसा र बिक्री दर ३४ रूपैयाँ ९१पैसा, कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ४४ पैसा र बिक्री दर ३० रूपैयाँ ५८ पैसा राष्ट्र बैंकले तोकेको छ ।

विश्व बजारमा फेरि डलर बढ्दो यात्रारमा रहेको छ भने नेपाली पैसा पुनः कमजोर बनिरहेको छ । जसले गर्दा नेपाली अर्थतन्त्रमा असर पर्ने देखिन्छ । किनभने नेपाल दैनिक उपभोग्य बस्तुको उत्पादनमा आत्मनिभर बन्न सकेको छैन । जसले गर्दा अरु देशबाट आयात गर्नु पर्ने हुन्छ सो कारण बाहिरी देशमा बढी पैसा नेपालबाट बाहिरिने गर्छ र अर्थतन्त्रमा नकरात्क असर देखिन थाल्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...