Admission Open

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ५ माघ : नेपाल राष्ट्र बैंकले बिहीबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १२९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३० रुपैया२९ पैसा रहेको छ ।

त्यस्तै,आजको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९१रुपैयाँ १० पैसा र बिक्रीमा ९१ रुपैयाँ ५२ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, बिहीबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०२ पैसा र बिक्री मूल्य १० रुपैयाँ ०६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६६पैसा राष्ट्र बैंकले तोकेको छ ।मलेसियन रिंग्गेट एकको खरिद मूल्य ३० रुपैयाँ ०७ पैसा र बिक्री मूल्य ३० रुपैयाँ ३१ पैसा पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

आजको मुद्राविनिमयदर सम्रगहमा हेर्दा केही देशको मुद्रा विनिमयदर बढेको देखिन्छ भने केही देशको मुद्रा घटेको देखिन्छ । मुद्रा विनिमय दर घट्दा रेमिटेन्समा केही असर परे पनि देशको पैसा बाहिरिने दरमा केही कमी भने पक्कै पनि आउनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...