Admission Open

१६.९६अंकले बढ्यो नेप्से, कारोबार १ अर्ब ३६ करोड

काठमाडौं : आइतबार ३१ दशमलव ९७ अंकले घटेको सेयर बजार सोमबार भने बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलब ९६ अंकले बढेर १९०२ दशमलब २७ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार २ सय ४५ कम्पनीका ४४ लाख ७० हजार ६२५ कित्ता सेयर खरिदविक्री हुँदा १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ २ पैसा कारोबार भएको नेप्सेपरिसूचकले जनाएको छ ।

समग्रमा बजार बढे पनि सबैभन्दा धेरै ग्लोबल आईएमई फन्ड १ को सेयर १० प्रतिशत तथा कुमारी दीर्घायु योजना र मैलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ ।आज सबैभन्दा धेरै नबिल बैंकको २१ करोड ३२ लाख रुपैयाँको सेयर यर किनबेच भएको छ ।

नेप्से परिसूचक बढेको दिन सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्त र समिट लघुवित्तको सेयर १० प्रतिशत तथा नेपाल दूरसञ्चार कम्पनीको सेयर साढे सात प्रतिशतले बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...