Admission Open

कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक

काठमाडौं : दोस्रो संस्करणको कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक भएको छ। कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको हो ।

हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुईदिने प्रतियोगिता भोलि शुक्रबार र शनिबार हुनेछ। प्रतियोगितामा सहभागी बैंक तथा वित्तीय संस्थाको २४ टोलीलाई छ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा सेञ्चुरी बैंक, सूर्या लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक छ भने समूह ‘बी’ मा नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुछ्रे बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स छन् । साथै, समूह ‘सी’मा साङ्ग्रिला बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र प्रिमियर इन्स्योरेन्स छ ।

त्यसैगरी समूह ‘डी’ मा एनएमबि बैंक, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा बैंक र सिद्धार्थ बैंक छ। समूह ‘ई’मा सगरमाथा इन्स्योरेन्स, सानिमा बैंक, गुर्खाज फाइनान्स र राष्ट्रिय बीमा संस्थान छ । समूह ‘एफ’मा कुमारी बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक र मेगा बैंक छन् ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोलीले प्रि-क्वाटरफाइनलमा स्थान बनाउनेछन् । यस्तै हरेक समूहको तेस्रो स्थानमा रहनेबाट गोलाप्रथाबाट थप चार टोलीले प्रि-क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ को सेञ्चुरी बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान ८ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीको प्राविधिक सहयोग हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...