Admission Open

कामना सेवा विकास बैंकद्वारा २५ औं शाखा रहित बैंकिङ सेवा संचालन

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा भदौ २७ गते सोमबारबाट नवलपरासी जिल्लाका हुप्सेकोट गाँउपािलका ३ मा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले हुप्सेकोट गाँउपालिका ३ नवलपुर स्थित गुरुङ किराना पसल (प्रो. सञ्जु गुरुङ) लाई शाखा रहित बैंकिङ संचालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेले उक्त शाखा रहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेकी थिइन् । कार्यक्रममा वडाध्यक्ष विष्णु बहादुर राना तथा अन्य जनप्रतिनिधि, व्यावसायिक प्रतिनिधि, स्थानीय साथै बैंकका कर्मचारीहरुको उपस्थिती थियो ।

शाखा रहित बैंकिङ सेवा मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...