Admission Open

वृद्ध कार्यकर्ता

लघुकथा

#यम बास्तोला

गोली लाग्यो ! हुलबाट कोही चिच्यायो । भिष्मको कोखामा गोली लागेछ बाँच्न गाह्रो छ, जुलुसको भिडमै कोही बोल्यो ।
अर्को दिन सुनियो, गोली खाएर पनि बाँच्यो भिष्म ।

त्यसयता भिष्म पाटीको पूर्णकालीन कार्यकर्ता हो ।

पटक-पटकको चुनावमा टिकट पाउनेको लिस्टमा उसको नाम अग्रपंतिमा आउँथ्यो तर टिकट अर्कैले थुतिदिन्थ्योे ।
आफूले टिकट नपाए पनि आफ्नो पाटीको उमेद्वारलाई जिताउन हरहमेसा तयार हुन्थ्यो र दिलोज्यानले खट्थ्यो ।

अघिल्लो चुनावमा त उसले बिद्रोहनै गर्यो र टिकट पनि पायो ।
सोचेको थियो उसले, आफूलेझैँ साथीहरुले पूरा सहयोग गर्छन र जिताउँछन् ।

ऊ ढुक्क थियो त्यसैले आफूसँग भएको जायजेथा बन्दकी राखेर खर्च गर्यो ।
आफ्नै पाटीका कार्यकर्ताले ओठ लेप्राउँदै यस्तो खर्च गराईले पनि कहाँ चुनाव जितिन्छ ! चुनावअघिनै सुन्यो उसले ।
तैपनि ढुक्क थियो ऊ ।
भन्थ्यो, मैले ४० वर्ष राजनीति गर्दा कसैको मन दुखाएको छैन । कसैलाई होचीअर्घेली र असमान व्यवहार गरेको छैन । जुनसुकै पाटीको कार्यकर्ता किन नहोस् मैले सक्ने सहयोग गरेकै छु ।
मेरै हरप्रयासले थुप्रै योजना ल्याएको छु र आफ्नो क्षेत्रमा विकास गरेको छु ।

चुनाव सकियो, भिष्मलाई आफ्नै पाटीबाट अन्तर्घात भयो । थोरै मतान्तरले हारे ।

पाँचवर्षपछि फेरि चुनाव आयो, भिष्मले टिकटको दावी गरे। पाटीको मिटिङमा यसपटक जसरी पनि जितेर देखाउँने प्रतिबद्धता व्यक्त गरे।
तर पहिलाझैँ आश्वाशन पाएनन् उनले ।
पाटी सभापतिलेनै भने, भिष्म तिम्रो उमेरले डाँडो काट्यो ।
अव त युवाको पालो रे !

तिमी अव बृद्ध कार्यकर्ता ।
सभापतिले त्यसो भन्दा भिष्मको मथिङ्गलले सभापतिको उमेर नाप्यो ।
उनको उमेर भिष्मको भन्दा पाँचवर्ष बढी थियो ।
उनी भने दुई क्षेत्रबाट उमेद्वार बन्दै थिए र समानुपातिकको पहिलो नम्बरमा थियो उनकै श्रीमतीको नाम ।
– खोटाङ, (हाल काठमाडौँ)

yamprasadb33@gmail.com

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...