Admission Open

‘अन्तर्दृष्टि’मा लालगोपाल


काठमाडौँ/समाचारदाता : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ऐतिहासिक प्रकाशन ‘अन्तर्दृष्टि’ को प्रधान सम्पादकमा साहित्यकार लालगोपाल सुवेदी मनोनित भएका छन् । यो साहित्यिक पत्रिका हुनुका साथै समाजको गतिविधि समेटेर  त्रैमासिक रूपमा प्रवासबाट निस्कने  एक मात्र नियमित  पत्रिका हो ।

मनोनित सुवेदीले यसअघि पनि अनेसासको सूचना मूलक प्रकाशन ‘अनेसास दर्पण’मा काम गरेको  अनुभव छ ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा आमन्त्रित सदस्य अनेसास बोर्ड अफट्रष्टि सभापति गीता खत्री,  उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ(अमेरिका), महेश्वर शर्मा( अष्ट्रेलिया) डा. रेणुका सोलु(एसिया), सीता बराल (युरोप) तथा महासचिव विमला निरौला, कोषाध्यक्ष निजानन्द मल्ल र  सदस्यहरू तारा अधिकारी,  सरिता अर्याल, यादव देवकोटा, प्रमोद सारंगको उपस्थितिको रहेको थियो  ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...