Admission Open

अनेसास नवरत्न पुरस्कार, नौजनालाई 

समाचारदाता / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा संलग्न उनीहरूलाई नगद २ सय पचास डलरसहित सम्मान-पत्रले सम्मानित गर्न लागेको हो । नवरत्न पुरस्कार समिति संयोजक तारा अधिकारीको संयोजकत्वमा पुनम काफ्ले र गोमा न्यौपानेसंलग्न समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको निर्णयअनुसार  अनु शाह (साहित्य-बोस्टन), आचार्य प्रभा (साहित्य-कोलोराडो), ज्योति राई (समाजसेवा-न्यूयोर्क), मञ्जु कार्की संग्रौला ( डिसी-समाजसेवा),माया गुरूङ् ( साहित्य – बेलायत),रीतादेवी प्रधान ( क्यालिफोर्निया- साहित्य),शान्ता घिमिरे ( न्यूजर्सी- साहित्य ), डा. संगीता स्वेच्छा( साहित्य-बेलायत) र सुनिता डंगोल ( उपमेयर – काठमाडौँ, समाजसेवा) रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...